– रविन रेग्मी

सायद अनन्त बिडम्बनाले भरिएर
पुरानो बर्ष
हामीबाट गएको छ
फेरि नफर्किने गरी,

हामीले
फेरि एक पटक पुरानो बर्षलाई
बिदाईका हातहरु हल्लाएका छौँ ।

हुन सक्छ-
त्यो सुन्दर पनि थियो
वा त्यो कुरुप थियो हाम्रो लागि

त्यतिखेर समय
खराब पनि चल्दै थियो
वा सुखद पनि त थियो

तर वर्तमानमा त्यसले
सुन्दर स्मृति हामीलाई दिएको छ

हामीले वर्तमानमा मस्तिष्कमा  सुखद बिस्मृती वा स्मृती दुवै लिएर उभिईरहेका छौँ

कतै  हामीले नाफाको जिन्दगी पो बाँचिरहेका छौ कि ?

सबैले
किरिङमिरिङ अक्षरहरु लेखिरहेका छौँ
सफेद कागजमा जिन्दगीका
जिन्दगी खाली कापी जस्तै पनि त हो
धेरै लेख्न बाँकी रहेको

एक पछि अर्को पानामा लेख्दै जाने न हो……
अनन्तसम्म

त्यसैले सुन्दर अनागत दिनहरुको पर्खाइमा हामीहरू
सधैं- सधै नयाँ दिनहरु पर्खिरहेका छौँ
सुनौलो अर्को बिहानीलाई स्वागत गरिरहेका छौँ

यस बर्षको स्वागतमा फेरि पनि लामवद्व भएर सबै उभिएका छौँ

आज सुरु भएको नयाँ  बर्षका दिनहरुसँगै हामीले पनि दौडिएर…
फेरि अर्को बर्षलाई स्वागत गर्नु त छँदैछ ।

***

प्रतिक्रिया

सम्बन्धित खवर