– कोपिला अधिकारी
१,
तिमीलाई दिने मायाकाे खानी छैन मेराे
कुराकानीमै व्यस्त हुने बानी छैन मेराे
म त आफ्नै छायासँग पनि तर्सिएकाे मान्छे
नजिक या टाढा हाेउ रिसानी छैन मेराे।

२,
कस्ती माेरी सुनसान भएपछि आउँछु पाे भन्छे
सँगै उकाली ओराली उकाली धाउँछु पाे भन्छे
अनेक तरहले तर्किएर हिड्न खाेज्दा पनि
जुनीभरि चाेखाे प्रीति लगाउँछु पाे भन्छे।

३,
अण्डा जस्तै घरिघरि चुक्न नपराेस्
कसैेले देख्छ कि भन्दै लुक्न नपराेस्
भगवानकाे आशिर्वाद शिराेपर राख्दै
यी पाखण्डीहरुका अघि झुक्न नपराेस्।

४,
मुक्तक
चाैतारिकाे वरपिपल झैँ बस्ने मन थियाे
तिम्रै त्याे मायाजालमा फस्ने मन थियाे
बाध्यताले दिनहुँ तिमी टाढा भएपनि
प्रेमकाे डाेरी त तिमीसँगै कस्ने मन थियाे।

५,
फूल जस्ताे जवानी मल्किएर ढल्छ
जसाे गर्याे जीन्दगी उसै गरि चल्छ
आखिर त प्राण वायुमा मिलेपछि
अस्थिपन्जर रहन्छ मासु सबैकाे गल्छ।

***

प्रतिक्रिया

सम्बन्धित खवर