– नेत्र एटम
रोक, जेलेन्स्कीलाई
कब्जा गर्नबाट
हाम्रो हृदयको घरआँगन !
कलाको आवरणमा लपेटिएर
जेलेन्स्कीहरू
फुत्त फुत्त निस्किरहेनछन्
चमकदार स्क्रिनबाट
पानी परेपछि गुजुल्टिएका गड्यौला निस्के जस्तै
दृश्यमा उफ्रन्छन्,
आवाजले ठोक्छन् गेटमा,
काला कम्बलले छोपेर अनुहार बनाइदिन्छ्न् सहर धुलोपिठो
एक छिनमै
र, बन्छन् सञ्जालभरि भाइरल कठपुतली क्रान्तिका युटोपिया प्रदर्शन गरेर
टाल्छन् मुख
विकासको उकुचमा डिस्टोपियाको चपरी पल्टाउँछन्
अनि घाम लागेपछि
बाटोमा सुकेर त्यसै त्यसै
असरल्ल पर्छन्
न दृष्टि
न सृष्टि
केवल आवेगमा उदाएको सूर्य
आक्रोशको समुद्रमा डुब्छ
आवाजको घाउमा पौडी खेल्दै जेलेन्स्कीहरू
छायामा रमाउँछन्
रातमा सलबलाउँछन्
पुन: स्क्रिनको बादलमै बिलाउँछन्
रोक !
रोकिहाल, जेलेम्स्कीलाई
कब्जा गर्नबाट
हाम्रो अस्तित्वको घरआँगन !
***
प्रतिक्रिया
-
४
