– रोशन खड्का

गजल १,
सुख दु:ख दौडानमा के के भयो के के?
यात्रा गर्दा थकानमा के के भयो के के?

बाँदर मानिस भए। मानिस बाँदर बनाए
यो काठमान्डौ चिहानमा के के भयो के के

अचेल मेरो घरमा दियो दिप बल्दैन
उता उनको बगानमा के के भयो के के?

रोशनलाई पारपाचुके दिनू भन्दा पै’ले
नसम्जाउ ओछ्यानमा के के भयो के के!

साथमा बोतल न’भै अचेल निन्द्रा लाग्दैन
मेरो खाट सिरानमा के के भयो के के

गगल २,
टेलीफोनको तार जस्तै टुट्ने हौकी डर लाग्छ
केही दिनको वाहानामा छुट्ने हौकी डर लाग्छ

कसरी म बस्ने होला तिमी विना एक्लै याहाँ
वेसाहारा मन मेरो लुट्ने हौकी डर लाग्छ

मुटू भित्र बसेकी छ्यौ तिमी मेरो धड्कन् बनी
शिशा सरी मुटू भित्रै फूट्ने हौकी डर लाग्छ

खुकूरीको धारमा टेकी तिमीलाई रोजेको थेँ
अनायासै अन्त कतै जुट्ने हौकी डर लाग्छ

केही कुनै कमी हुँदा जिन्दगीको पूर्णतामा
आँधी हुरी जस्तै गरी उठ्ने हौकी डर लाग्छ

***

प्रतिक्रिया

सम्बन्धित खवर