– मनिराम मञ्जिल

निदाउनै नदिने सपनाहरु छन्
जसलाई अनिदै बसेर पुरा गर्नु छ
पृथ्वी जत्तिकै विस्तारित छन्
सपनाका आयतनहरु
नाप्नु छ संघर्षका फीत्ताहरुले
सपनाका साकार रुप
सगरमाथा भन्दा माथि..
अझ माथि छ सफलता
धैर्यता, मेहनत
संघर्ष र सहास
चारै पैताला टेकेर छिचोल्नु छ
यो अगम्य स्वस्निल शिखर
म अवस्य पुग्ने छु मेरो मुकाम सम्म
नरोक ए ! आलश्य मलाई
न उल्झाइ ए ! बहाना मलाई
न बल्झाइ ए ! गोरेटो मलाई
न आइजा ए ! काँडा मेरो पाउ मुनि
मेरो रफ्तारले तिम्रै अस्तित्व मेटिन सक्छ
तिम्रै अस्मिता रेटिन सक्छ
ए ! प्रिय मेरो गन्तव्य
म आउदै छु, बस्नु स्वागतको भव्य तयारीका साथ
अभावका अजङ्ग पहाडहरु छिचोल्दै
म आउदै छु जीवनका कठोरतम
घनचक्करलाई पार गर्दै
म आउदै छु
म संग छ धुमिल हुन नदिई बचाइ राखेको
सपनाको अक्षय इन्धन
चढी आउदै छु मेहनतको बुलेट ट्रेनमा।

***

प्रतिक्रिया

सम्बन्धित खवर