– सरोज संगम

गजल १,
वैरीहरूले दिएको चोट सहजै कहाँ बिर्सिन सक्छु |
चोट खप्ने मात्र हैन चोटको बदला नि लिन सक्छु |

तिमीले मेरो पर्खाइमा खेर नफाल सिङ्गो जिन्दगी
म खाडीको परदेशी हुँ सायद उतै मास्सिन सक्छु |

म आगो हुँ जानेकै छौ त्यसैले खेलाचि गर्दै नगर
ताल परे तिम्रो झुप्रो जलाउनलाई सल्किन सक्छु |

यी पाइला–हरु रोकिदैनन् मेरो गन्तव्य नभेट्दासम्म
नसोच्नु दुईचार ठक्करहरु लाग्दैमा अल्झिन सक्छु |

सदाबहार तिम्रै साथमै हुन्छु भन्ने भ्रममा नपर्नु तिमी
आत्मसम्मानमा ठेस पुगेको दिन नभनी टाढिन सक्छु |

गजल २,
केहि समय भो, अचम्मको आदत बसेको छ |
यो दिलमा कसैलाई राख्ने,चाहत बढेको छ |

मेरो मर्मलाई त बुझ, बिन्ती नगर आनाकानी,
तिम्रै लागि आज, यो ज्यान बेसि झरेको छ |

हेर्दा साना छन, मेरी प्रियाका गाजलु आँखा,
खै मेरो यत्रो खुशी, त्यहाँ कसरी अटेको छ |

म दिलको सुनौं, दिमागको सुनौं दोधारे भए,
दिल मौंन छ, दिमाग खुसी खोज भनेको छ |

***

प्रतिक्रिया

सम्बन्धित खवर