– मनोजमान खत्री
१,
आफन्त होस् दाजुभाई कुरा काटिहाल्छन्
गर्न सकेनौँ भने कमाई कुरा काटिहाल्छन्
थोरै प्रगति गरेको देख्न सक्दैनन् खासमा,
आफ्ना नि बनेर पराई कुरा काटिहाल्छन्।
२,
दिन्काई दिन सप्ना देखाउन्या पैला पैला
छि आँखाउदा भल बगाउन्या पैला पैला
अईल प मायाका कुणा झिक्कै हद्दाछव,
बानी हो दारु खाई सताउन्या पैला पैला।
३,
छोरा साथ नहुँदा सकभर आमाका लागि
लाग्दो हो अँध्यारो त्यो घर आमाका लागि
आमाले त कहिले गाउँ छोड्न मान्नु हुँदैन,
अब मैले बिर्सिनुपर्छ सहर आमाका लागि।
४,
बाल्यकाल गाँउघर तिर रमाउँदा सकियो
केही वर्ष तिमी संग प्रेम जमाउँदा सकियो
हुन त तिम्रो हात समाउँदै हो जीउनु पर्ने,
के गर्नु जीवन राहदानी समाउँदा सकियो।
५,
के के आरोप लगाउँछन् हाँस्ने बानीले
कोही कोही रिसाउँछन् हाँस्ने बानीले
तिमी आज फेरि के सुनाउन आयौ नी,
कतिले त मन दुखाउँछन् हाँस्ने बानीले
***
प्रतिक्रिया
-
४
