– जीवन आचार्य
निक्कैभयो स्यालहरु
बाघको खोल ओडेर डुलिरहेको
तपाईंको घरगाउतिर
बाघहरु पनि बिरालाको मुखुण्डो भिरेर
डुलिरहेका छन् त्यसैगरी ।
चुपचाप चुपचाप
समुन्द्रमा आँधी अउनु भन्दा
अगाडिको जस्तो
सान्त र स्तब्ध भएर
बसेमको छ गाउँघर
हामी कुखुराको चल्ला जस्तै
छरपस्ट छौ र,
भेडो जस्तै एकोहोरो ।
बाज र गिद्द हर्सोउल्लास गर्दैछन्
पखेटा फिजाएर
आकाशमा बिचरण गरेर
केहिवेर पर्ख !
सपनाको धरहरा ढल्दैछ र,
किचिएर—
सिनो हुदैछन् स्याल,बाघ र ब्वाँसाहरू
आँधिवेरीले
स्याल ,बाघ र ब्वासाहरुको मुखुण्डो उडाउने
देखिनेछ सक्कली अनुहार
किनभने
फेरि आँधी आउँदैछ।
अग्लाहरुका गोडाकाटिने छ र
अग्लाहुनुको अहम तोडिनेछ
पुरिनेछन् भबिष्यको इतिहास बनेर
वर्तमानको खाल्डोमा
मलम लगाउन बस्तिहरुको घाउमा
फेरि आँधी आउँदैछ।
साँझमा दिपप्रज्वलनको
तयारी गर्नु छ
अझै पनि तिम्रो शहरमा जस्तो
गाउँघरमा मानवता हराएको छैन।
***
प्रतिक्रिया
-
४
