-केशवराज आमोदी
उनी निबन्ध र नाटकतिर भन्दा आख्यान र कवितातिर विशेष आकर्षित देखिन्छन् । म बिहानको घामसँगै उनको घरमा झुल्किन पुग्दा उनी भजनका रूपमा स्तोत्र-कविता भट्याउने मान्छे आज के भएर हो कुन्नि ! उनी टाउकामा हात राखेर रोइरहेका थिए ।
उसको यो हबिगत देखेर मैले सोधें- ” ए विनियोग ! किन रोइरा’छस् ?” तेरा छोरा र छोरीज्वाइहरू सबै आ-आफ्ना इलममा व्यस्त छन् । घर राम्रै चलेकै छ , अनि …यो कुवेलामा थाप्लामा हात राखेर रुनुको माने के …?
उसले आँसु पुछ्दै भन्यो- ‘ तँ मेरो यत्ति जाबो कुरा पनि नबुझ्ने कसरी सामाजिक अभियन्ता भइस् ?’ ‘श्रम गरेपछि त्यसको फल पाउनु पर्दैन र ?’ ‘श्रम गरेबापत पाउने पर्ने यश , मान र प्रतिष्ठा पखालेर जीवनको उर्वर समय जति वाणी-व्यापार अर्थात् शिक्षण-कार्यमा अर्पित गर्दा पनि हात लाग्यो नै शून्य भयो ।’
” यता वृद्ध-भत्ताको लागि अरु सात-आठ वर्ष कुर्नुपर्ने र उता दुकानतिर गएर दिनको एक-दुई कप चियाको निम्ति छोराछोरीसँग दिनदिनै माग्नु पर्ने भएपछि नरोएर के गर्नु ?”
***
प्रतिक्रिया
-
४
