– मनु विद्रोही

१,
कसैले मुटु दिदा भएन कसैले सम्झिदा भयो
जिन्दगी बाट कति सजिलै पीडा जति बिदा भयो

बाटो बिराएर दुश्मन मेरै घरमा आईपुगेको छ
ऊ पाहुना भयो मैले पनि दुश्मनी नलिदा भयो

दिलमा बस्न सम्बन्धित बाट अनुमति चाहिन्छ
बस्न मन नलागे अनुमति बिना निस्किदा भयो

फूल जस्तो सम्बन्धमा असमझदारी बढ्छ भने
ए दुख तैंले पनि त्यस घरमा नजन्मिदा भयो

आफ्नो धरातल बिर्सिएर हिड्ने रहर थिएन
तिमीलाई सम्झिए देखि आफैलाई बिर्सिदा भयो

२,
जिन्दगी सिसा होईन जो एकै प्रहारमा टुक्रिन परोस्
दु:ख चुम्बक हो जो समान धुर्वले छुट्टिन परोस्

एकदिन अनगिन्ती चोट दिनेलाई पछुतो हुनेछ
एक पटक मुस्कुराउन तिमीलाई सम्झिन परोस्

हिजोसम्म यो दिल नदि थियोे आज शान्त तलाउ बन्यो
फेरि पोखिन परे खुसीको आँसु बनेर पोखिन परोस्

प्रतिद्वन्दीले युद्ध हार्ने डरले मेरो खुट्टा काटिदियो
म मैदान छोड्न सक्दिन् बरु घुडा टेकेर उभिन परोस्

मलाई विधुवाको सिउँदो जस्तो जिन्दगी मञ्जुर छैन
बरु चप्पल जस्तै जिन्दगीभर कुल्चिएर चुँडिन परोस्

***

प्रतिक्रिया

सम्बन्धित खवर