– माला खनाल
१,
माया अनि सम्मान गर्ने बोली हजुरको
कहिले आउला बिबाहको डोली हजुरको?
पीर नगर समय आउछ भन्नु हुन्छ सधैभरी।
कहिल्यै पनि आएन भोली हजुरको ।
२,
तिम्रो लागि प्यारको गगन बन्न सकूँ
तिम्ले फेर्ने सासको धड्कन बन्न सकूँ
माया बाहेक सक्दिन म तिम्लाई अरु दिन
धेरै खुशी साथ दिई जीवन दिन सकूँ
३,
हाम्रो प्रेम एक उदाहरण बन्ने छ हेर्नु होला
लेख्यो भने पुरा रामायण बन्ने छ हेर्न होला
यदि एक अर्कामा छुट्टिनु पर्यो भने सांच्चै
हाम्रो जीवन मृत्युबरण बन्ने छ हेर्नु होला
४,
बेअर्थमा निहुँ खोजी रिसाउँछे काली
आफ्नो बेथा मुक्तकमा बिसाउँछे काली
भने जति सर्तहरु स्विकारे छु उनका
दुई ढुङ्गाको बीचमा पारी पिसाउँछे काली
५,
मुसुक्क मुस्कुराउँने हाँसो हजुरको
त्यो मायालु नजरको पासो हजुरको
फक्रँदो छ प्रेमको वीज आज-भोलि,
समाल्दैछु जतनले नासो हजुरको ।
***
प्रतिक्रिया
-
४
