– रिता गिरी रेनुका
१,
तिमी सँगै हाँस्ने रुने बानी परेछ
दुखी हुने खुशी हुने बानी परेछ
नबोल्दा त तिमी श्वास रोकिए झैँ
आँसु झार्दै तस्वीर छुने बानी परेछ
२,
मिठा मिठा सपना बुन्ने सोख सरे जस्तो
यी नयनमा प्यास अनि भोक सरे जस्तो
खै के हो बिचित्रको बेचैन छट्पटी हुने
लाग्छ मुटु भित्र पिरतीको रोग सरे जस्तो
३,
लाग्छ मलाई अचम्मका कुरा हुन होला
अब अन्जान पशु पनि छुरा हुन होला
हत्या र हिंसाले सिमा नाघिसकेको छ
शायद अब यो कली युग पूरा हुन होला
४,
जन्मायौ छोरी पराइलाई टाँसो लगाउन पर्छ
सम्झेरै सदैव पराइको, नासो लगाउन पर्छ
बुझ्ने परिवार परे स्वर्ग बन्छ जीवन नत्र नरक
कि त विष पिउन पर्छ कि पासो लगाउन पर्छ
५,
परेको छ अत्याधिक असर बाँकी के नै छ र ?
लागाएनौ पछि फर्केर नजर बाँकी के नै छ र ?
सत्तामा बसी मोटायौ देश डुबायौ देख्दै देखेनौ
परदेशको बास न देश न घर बाँकी के नै छ र ?
***
प्रतिक्रिया
-
४
