– टेकेन्द्रसिंह धामी
गजल १
उमेर ,थपिन्छ जवानी सकिन्छ , के गर्नु
समयले पनि यसरी घुमाई दिन्छ के गर्नु
दुनियाँ परिवर्तन चाहन्छ आधुनिक युगमा
मलाई पुरानै दुस्मन अझै पर्खिन्छ के गर्नु
यसै अभाव, उसै अभाव भएकै त छ नी,
गल्तीले सिद्धिन्छ, कर्मले भरिन्छ, के गर्नु
मै मात्र छु चोखो भन्नेले विचार गरे हुन्छ,
यस कारण घुनसँगै दाना पिसिन्छ, के गर्नु
मैले त सोचेँ – म जस्तो कोही छैन यहाँ,
तर म जस्तै अर्को पागल भेटिन्छ, के गर्नु।
गजल २
अर्कालाई सिद्याउँछु भन्ने आफै सिद्धिन आँटे
अगाडिबाट प्रहारगर्न नसकी पछाडि उभिन आँटे
यदि दम छ भने अगाडि उभिएर देखाउनुस् नभैया
हैनभने पहिलाका साधु आज चोरझैँ देखिन आँटे
मेरो प्रगतिमा निक्कै डाहा गर्थो पहिला पहिला
आज कुन कुराको लोभले मलाई के दिन आँटे
मलाई कुनै कुराको लोभ मोह छैन बुझे हुन्छ
सधैँ मेरो चिन्ता गर्नेहरू फेरि लखेटिन आँटे
सानो कुरालाई ठूलो तिलको पहाड बनाउने
आफन्त हुन धोकेवाजहरु आज बतासिन आँटे
***
प्रतिक्रिया
-
४
