– सोविता घिमिरे

१,
प्रकृति नै उर्लेर आउँछ त सरकारको के दोष?
डाँडा पाखा बगाउछ त सरकारको के दोष?
बल्लतल्ल बनाएका बिकासका संरचनाहरु
खोलाले बोकि ल्याउछ त सरकारक‍‍‍ो के दोष?

२,
चाहेका कुरामा भन्दा पाएका कुरामा खुसी हुनु छ
खाएका कुरामा भन्दा लाएका कुरामा खुसी हुनु छ
संसारका सबै खुसि कहाँ आफ्नो भागमा मात्रै पर्छ र?
गएका कुरामा भन्दा आएका कुरामा खुसी हुनु छ

३,
मायाको बगैंचामा खुसिका बासनाहरु भेटिदैन अचेल
हजारौं यादहरु मेटाउन खोज्दा पनि मेटिदैन अचेल
झन चुलिद‌‌ै छ कता कता संय‍ोग बन्छ कि भेट्नु छुट्नु
ताल र सुर बिना सारङ्गीका तारहरु रेटिदैन अचेल

४,
बिरोध गर्ने नयाँ सिस्टम आको रैछ क्यारे
दोधार दोधार मन तिम्रो भाको रैछ क्यारे
किन देखाउनु आफू गुणि अरु बैगुनि भनि
भित्रै देखि तिमीलाई नराम्रो लाको रैछ क्यारे

५,
हार खाएर बाचेको छु मर्म बुझ्ने को पाईन्छ र?
आस्तिक भएर बाचेको छु धर्म बुझ्ने को पाईन्छ र?
अवसर बादिहरुको ओडार भित्र आदर्शको पर्दा हुन्छ
भाग्यलाई दोष दिन्छन् यहाँ कर्म बुझ्ने को पाईन्छ र?

प्रतिक्रिया

सम्बन्धित खवर