– बाेधराज प्याकुरेल
” गाउँमा चाेर पसेकाे छ है,आफ्नो सामानकाे सुरक्षा गर्नु ।” गाउँको मूल बाटोमा उभिएर सत्यान्नद चिच्चाए ।
” कहाँ काका ! कहाँ छ चाेर ?” नजिकैको घरबाट बाहिर निस्किएर श्यामे करायाे ।
सत्यान्नदकाे कुरा गाउँलेहरु खासै पत्याउँदैनथे । हुनपनि उनका कुरा अर्धपागलका जस्तै हुन्थे । कुनि के तन्त्र आएपछि उनी यस्ता भएका हुन् भन्ने कुरा सुनिन्थ्याे ।
श्यामेले सत्यानन्दलाई साेध्दासाेद्दै उसको आँगनमा एक हूल मानिस आए । हूलकाे बीचमा एकजना माला लगाएको मानिस पनि थियो । गमलाबाट हत्तपत्त फूल टिपेर ऊ स्वागतकाे लागि अगाडि बढ्यो ।
” ऊ चाेर ,चाेर,चाेर ..चाेर आयाे…चाेर !” एक्कासि बाटाेबाट चिच्चाएकाे सुनेर सबैले त्यतैतिर हेरे ।
” खै , खै चाेर कहाँ छ काका !” श्यामेले चारैतिर हेर्दै भन्यो ।
सत्यान्नदले हिलाम्मे मूलबाटाेबाट एक पसर हिलाे उठाएर श्यामेकाे आँगनमा उभिएको हूलतर्फ फ्याले । हिलाे माला लगाएको मान्छेको मुखभरी पाेतियाे ।
” चिन्याै चाेर,बाटोकाे बजेट चाेर्ने चाेर,चाेर…. !” सत्यानन्द चिच्याउँदै अलप भए ।
***
प्रतिक्रिया
-
४
