– दुर्गा पी अधिकारी

जसे हातमा मोबाइल लिएर गेम खेलिरहेको छ। आँगनको डीलमा बसेर नरहरि पण्डित र देशबाट राज्य भएको दिनलाई सम्झँदै आफ्ना छोरालाई हाम्रो राज्यको इतिहास पो सुनाउनु पर्यो भन्दै कथा  सुनाउने तर्खरमा छन्।

“ए जसे मोबाइल राखेर मेरो कुरा राम्रोसँग सुन”। नरहरिले छोरालाई केहि भन्न थालेका मात्रै हुन्छन भित्र भान्सा कोठाबाट आवाज आउँछ ” के के गन्थन हो बाबु छोराको? भोजनको समयमा।लौ चाँडै आउनुहोस्।रात छिप्पिसक्यो।”
“एकछिन् पख न! छोरालाई मेरो राज्यको इतिहास सुनाउँदैछु।”

“भो भो पर्दैन। राजाले दिएको अधिकारलाई लात हानेर,राजा मासेर देशलाई राज्य बनाएको कालो इतिहास छोरालाई । सुनाउनु पर्दैन।”

“छोराले पनि इतिहास त जान्नुपर्यो नी! ”

“अब सुनेर जानेर उसले के पो नै गर्न सक्छ र? गुमाएको इतिहास र अधिकार खोज्नु भनेको  औंँशीको रातमा आकाशमा जुन खोज्नु बराबर हो।”

पति पत्नीको तर्क सम्वाद चलिरहेको छ।

“आमा बाबाको हल्लाले मलाई मोबाईलमा गेम खेल्न बाधा भो” भन्दै जसे भान्सा कोठामा गएर छेउको कुर्सीमा थपक्कै बस्छ अनि मोबाईललाई हेर्दै औंला चलाउँदै खितिति हाँस्छ।उसलाई इतिहास भन्दा अनैतिहासमा नै रूचि छ।

***

प्रतिक्रिया

सम्बन्धित खवर