– काजी सुनार

गजल १,
अरू गलत हाेईन बरू आफू, सच्चिएर हेर्नुस ।
संसार रंगिन छ महाेदय आफू, रंगिएर हेर्नुस ।

यदि संसार जित्नुछ भने, तपाईं यसाे गर्नुस,
बदला लिएर हाेईन आफू, बदलिएर हेर्नुस ।

म दावा गर्न सक्छु संसार, प्रेमिल पाउनु हुनेछ,
घृणाले हाेईन कृपया माया, दिएर हेर्नुस ।

यी आँखा निष्कपट, हजुरकै चित्र छ महाेदय,
कमसेकम एकपटक राम्ररी, उभिएर हेर्नुस ।

हरेक रात पिउँछ काजी, बडाे मुस्किलले पिउँछ,
पिउन कति गाह्राे छ सराब, पिएर हेर्नुस ।

गजल २,
सबै भन्दा धेरै चरित्र याे, पानीमा छ ।
र त्याे भन्दा नि धेरै तिम्राे, बानीमा छ ।

तिमीलाई हेरेरै म, लठ्ठ हुन्छु ओ प्रिय,
सराबमा भन्दा त नसा तिम्राे, जवानीमा छ ।

हेर त तिम्राे तस्बिर, सजाएर राखेकाे छु,
दिलमा छ अनि यी आँखाका, नानीमा छ ।

सुत्ने बेला र उठ्ने बेला, यसाे हेर्नकाे लाई,
मायालुकाे एउटा तस्बिर मेराे, सिरानीमा छ ।

परदेशिएपछि स्वदेशकाे, चिन्ता गरेकाे देख्छु,
लाग्छ देश प्रेम देश भक्ति सबै, मुग्लानीमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर