– राजेश भट्टराई

“आमालाई म बाट हुँदैन् । शहर लैजानुस्, विशेषज्ञ डाक्टरकोमा ।” भने मेडिकलवालाले ।
“लैजान्न। जे जे गर्नु पर्ने हो, हजुरले नै गर्नुस् ।” भन्यो उसले ।
“मैँले गर्न सक्ने भए त, गरिहाल्थे नि । आमाको रोग धेरै जटिल छ । दुई चार वटा जाँचहरु त नगरी नहुँने छ। त्यो म कहाँ हुँदैन् ।”
केही जवाफ दिएन उसले ।
“उहाँले त, सक्दिँन भनिसक्नु भयो नि बाबु, लैजा न मलाई, ठुलो डाक्टरकोमा ।”बल्ल बल्ल स्वर सानो स्वरमा भनिन् आमाले ।
“लैजाने भन्दैमा हुन्छ ? ठूलो डाक्टरकोमा औषधी गर्न कति पैसा लाग्छ थाहा छ तिमीलाई ? कहाँ छन् र पैसा ?”
“आफ्नी बुँढीलाई ब्युटी पार्लर लैजान, नया नयाँ कपडा किनिदिन त, हुन्छ पैंसा तँसँग । म जन्म दिएकी आमालाई औषधी गर्न चाहि हुन्नँ? मलाई पनि, अलिकति माया गर न बाबु ।”
“उ त भर्खरकी छे। लाउने खाने रहर छ, तपाईं बुढी भएकी सँग दाजेर हुन्छ ? ठुलो डाक्टरकोमा जाने होइन, बरु मलाई छिटै लैजाऊ प्रभु भन भगवान सँग ।” कठोर बनेर बोल्यो ।
बररर आँशु खसालेर भक्कानिदै भनिन्  -“बुझेँ, आज आएर राम्रो सँग बुझेँ।”
“के बुझ्य्यौ?”
“बुहारी ल्याएपछि, छोरो पनि बुहारी नै हुँदो रैछ ।”

***

 

प्रतिक्रिया

सम्बन्धित खवर