– कविता केशरी

हाई !
हाई!
हेल्लो!
हाई!
खानपिन भयो ?
गुड मर्निङ !
नारी दिवसको सुभकामना!
हेल्लो!
के हामीसँग बोल्नु हुँदैन ?
अनि सञ्चै ?
हेल्लो !
सुत्ने बेला भयो ?
गुड मर्निङ !
कति राम्री हो हजुर त !
फेसबुकमा एक वर्ष जति यिनै शब्द दोहोरिन्थे। गीताको म्यासिन्जर भरिएको थियो तर गीता बोलेकी थिइन। धेरै कुराहरू सहनै अफ्ठ्यारो हुँदै गयो। अति भए पछि गीताले मुख छाडी-“लाज लाग्दैन तिमीलाई? यसरी अरुका परिवारलाई फेसवुकमा जिस्क्याउँदै हिँड्न कसरी सकेको?। म नबोले पछि किन बार बार बोलाई रहन्छौ हँ ?के ठानेको तिमीले? साला हराम! बुद्दी बिग्रेका गति छाडा  बुढा। न उमेर छ,न बोल्ने ढङ्ग छ। तिमीले मलाई के ठानेको हँ  ? साइबर क्राइममा मुद्दा हालूँ ? महिला देख्न नहुने तिम्रा हर्कत। अब तातोपानी लगाउँछु म” गीताले मुख छाडेर गाली बर्साई।
बुढो मान्छेले उत्तरमा के नराम्रो म्यासेज गर्दै थियो केही नहेरी डिलिट गरेर बुढालाई  ब्लक गरी गीताले।

भोलि पल्ट बिहानै बुढाले मनमा आएजति
गीताका विषयमा घृणित कुराहरू लेखेछ। गीताको फोटो सामाजिक सञ्जालभरि छरेछ। जति सक्छ गाली बेइजति गरेछ। सञ्जालका मानिसले पनि कुरा
के हो बुझ्नु छैन होमा हो थपेर मुखमा आएजति गाली गलौज गरेर गीताको हुर्मत लिन थाले।

सञ्जालको अपमान सहनै नसक्ने भएपछि गीताले प्रहरीकोमा साइबर क्राइमको मुद्दा हाली। बुढो हिरासतमा पुग्यो । गीता आफ्नो बाटो गैसकेकी थिई।

तर सञ्जालमा भने गीताको फोटो राखेर हुर्मत लिनेहरूको भिड झन झन सक्रिय हुँदै गइरहेको थियो।

***

प्रतिक्रिया

सम्बन्धित खवर