– नवराज न्याैपाने ‘माैन’
उसले लाखाैंलाख राम्रा काम गरेर देखायाे । सारा गाउँले उपभाेक्ताहरूले उसलाई भव्यरुपमा सम्मान गरे । सबैले घर घरमा उसकाे तस्वीर पनि राखे ।
तर उसकाे अफिसबाट भने कहीँ कतै सम्मान र पुरस्कार पाउन सकेन । न त उसकाे कहिल्यै बढुवा भयाे , न त मागेकाे ठाउँमा सरुवा भयाे किनकि उसमा खाने र खुवाउने कला थिएन ।
उसले श्रीमतीलाई पनि एकाेहाेराे माया गरिरह्याे । बढी माया गरेकाेले श्रीमतीले बढी नै छलकपट र षड्यन्त्र बुनेर दु:ख दिइरहिन् । ऊ चूपचाप सहेर बसिरह्याे । किनकि उसमा छलछाम गर्ने कला थिएन ।
अहिले ऊ एक्लाे छ । ऊसँग सबैखाले सीप र इलम छ तर समाजले उसलाई गन्दैन किनकि उसमा कूटनीति र झूठ बाेल्ने कला थिएन ।
अचेल ऊ भन्छ – ‘मान्छे इलम र प्रतिभाले महान बन्दैन, समयानुकूल रङ्ग फेर्नसक्ने कलाले नै महान बन्दाेरहेछ । बुढ्याैलीमा चेत पलाए पनि मैले आफूलाई बदल्न सक्तिन ।’
***
प्रतिक्रिया
-
४
