
– सुप्रिया खनाल
१,
अप्ठ्यारो मा लगाइदिएको गुन जस्तो छन् उनी
सुनिरहु लाग्ने बाँसुरीको धुन जस्तो छन् उनी
बयान गर्ने शब्द कम पर्छ नेपाली शब्दकोषमा
म औंसीको रात पूर्णिमाको जुन जस्तो छन् उनी
२,
सच्चा प्रेम सहित तिमीले आफ्नो खास गुमाएको दिन
म तिम्रो हुन्छु भन्ने अलिकति बाँकी आस गुमाएको दिन
मान सम्मान इज्जत हर कुरा गुमाए तिम्रो खुसीको खातिर
तिम्रो गुमेका खुसी सबै मिलोस् मैले सास गुमाएको दिन
३,
थाहा नै नपाई बदलिने रिति नगरिदेउ
आफैलाई मनलाग्दो थिति नगरिदेउ
कार्यकर्ताझैँ तिम्रो पछिपछि लागे पनि
बिन्ती मेराे प्रेममा राजनीति नगरिदेउ
४,
शरीर ठीक छ पागल झैं हुँदै हिँड्छिन् अरे
नाम पुकार्दै मेरै तस्बिर छुँदै हिड्छिन् अरे
बन्द कोठामा रोएको खबर आमासम्म पुगेछ
अब मेरै पिरले खुलेआम रुँदै हिड्छिन् अरे
५,
कोहीको प्रेम कसैको लागि दबाइ हुन्छ
कहानी छुट्टै फरक फरक भोगाइ हुन्छ
कहिलेकाहीं ढुङ्गा मा पनि चिरा परेको हुन्छ
यो त एउटा मुटु हो दुखिरहन्छ दुखाइ हुन्छ
- ***
प्रतिक्रिया
-
४