✍️ प्रज्वल अधिकारी
परारै देशमा जनयुद्दको चर्चा खुब थियो
शिर र शरीरका मूल्य तोकिएकाहरूको चर्चा
रेडियोले फुकेरै भ्याउदैनथ्यो
हामीले त बिर्सिसक्यौँ त्यो
आजभोलि त–
तिनीहरूले टाउको जोडेको चर्चा व्यापक छ
गोल्ड स्टार जुत्तासँग बन्दुक लिएका र
बुटसँग राइफल लिएकाहरूको युद्द
खाली खुट्टा
स्कुल जाँदै गरेका नानीहरू मारिएको खवर
खेत जोत्दै गरेको
हलिदाइको छातीमा गोलि जोतिएको घटना
पानी लिन गएकाहरूको जोबन लुटिएको अपराध
शिक्षकहरूको मगज भुटिएको चर्चा
चिया पसल, भट्टी र चौताराहरू डराउदै गर्थे
नदीमा नेता मरे
दरबारमा राजा मरे
सडकमा शाशकको गाडिमुनी परेर सर्वसाधारण मरे
खाडीमा अग्लो महलबाट श्रमिक मरे
सिमामा मरे नौजवान
देशमै बेरोजगारीको मुस्लोमा परेर युवा मरे
सुत्केरी मरे
चर्चाले विभिन्न तहमा चर्चा कमायो
भुकम्पले देश हल्लायो
किरोनाले विश्व तर्सायो
आन्दोलनले सत्ता र शक्ति तर्सायो
नाकाबन्दीको ऐनामा देशले आफ्नो अनुहार हेर्यो
संसद भवनको रिङमा रेस्लिङ भयो
एसिड र बलात्कारका पीडितहरू मजाक भए
यी सबै घटनालाई–
सनकी नेताको संसद बिघटनको चर्चाले छायाँमा पार्यो
सडकमा निस्किए सुप्रीमो
अस्तित्व जोगाउन ‘म यहाँ छु !’ भने
यसै बिचमा मुस्काइन रास्ट्रपति
नेताको जोकले सत्ता हँसायो
लामखुट्टे मान्छेको हुर्मत लिन उड्यो
अदालतमा भयो–वकिलको लिलाम बडाबड
सेयर र आइ पि ओले सबैलाई आँखा झिम्क्याए
यसै बिचमा–
भ्यु टावरको उद्घाटन गरेको नेताको चर्चा
भ्यु टावर भन्दा माथी चुलियो
र उसले हेर्यो
तुइनबाट खस्दै गरेको सर्वसाधारणको नियति
उखुको ढाँक र आँखा एकै पटक सुके माइतीघरमा
नागरिक आन्दोलनमामा राजनीति पस्यो
जिउँदै लास बनेका कलाकारलाई धम्क्याइयो
बाढीले आफ्नो चर्चा बटुल्न
चर्चा नचाहिनेलाई चर्चामा ल्यायो
भोकमरीले सडकमै सकायो कर्मवीरको देह
सडकमा डाक्टर बिरामी भए
यी सबै चर्चालाई
महामहिमको हेलिकप्टरले छायाँ पार्यो
लामो हुनसक्छ चर्चाको फेहरिस्त
यतिबेला देश
नो नट अगेन र व्हाइ नट अगेनको चर्चामा छ
धान काट्ने, चुट्ने, भित्र्याउने
केही थाह नभएको कृषि मन्त्री
धान पाकेको खले गरो मिचेर आम सभा गरिरहेछ
र यतिबेला अनलाइन भरि उनैको चर्चा छ !
प्रतिक्रिया
-
४