✍️ सरिता बानीयाँ
गजल – एक
एक मन्दिरको कथा एक पुजारीको कथा
भगवान् किन लेख्नुहुन्न भिखारीको कथा
सडकमा मकै बेच्नेको कथा कसले लेख्छ
पत्रकारले सधै लेख्छन् भ्रष्टाचारीको कथा
मैले भ्रष्टाचारीको कथा लेखेकी छु आमा
साहित्यकार लेख्दैन् बेरोजगारीको कथा
नारीबाट पुरुष जन्मिएको थाहा होला तर
एक पुरुषलाई के थाहा एक नारीको कथा
बुवा छोरीको जिन्दगी बर्बाद भयो विदेशमा
क्षितिजपारी’मै रह्यो क्षितिज–पारीको कथा
गजल – दुई
तिम्रो इज्जत जाने काम गर्दिनँ आमा
गाउँ समाजुको बदनाम गर्दिनँ आमा
जिन्दगीलाई जिन्दगी जस्तो बनाउन
सदा संघर्ष गर्छु विश्राम गर्दिनँ आमा
देशप्रेमी हुने मन थियो झोले भएछु म
चोरहरुलाई लालसलाम गर्दिनँ आमा
नेपालीको नाम लिन्छु नेपाली हुँ भन्छु
यता बझाङ उता अछाम गर्दिनँ आमा
सत्य युगमा सीताले सत्यलाई रोजिन्
यो कलियुगमा सङ्ग्राम गर्दिनँ आमा
प्रतिक्रिया
-
४
