✍️ डा. विप्लव ढकाल
‘थैली किनिदेऊ बाबा’ भन्यौ
बजारबाट थैली किनेर ल्याएँ !
तिमी अझै रुन छोडेनौ,
फेरि ‘हात्ती किनिदेऊ बाबा’ भन्यौ
घर बेचेँ, बारी बेचेँ, इमान बेचेँ
शरीरका वस्त्रहरू बेचेर
नाङ्गो बनेँ
र हात्ती किनेर ल्याइदिएँ !
फेरि पनि रुँदै छौ तिमी
हतियार उठाउँदै छौ
आलाप-विलाप गर्दै छौ
र भन्दै छौ-
‘यो थैलीभित्र
हात्ती छिराइदेऊ बाबा !’
यो खेलमा
अबचाहिँ म हारेँ छोरा !
तिम्रो देशजस्तै नराम्ररी हारेँ !!
प्रतिक्रिया
-
४
