✍️ महेश के भट्टराई
गजल – एक
प्रेमकाे दुनियाँ मैले साेचेभन्दा पृथक रहेछ ।
यहाँ हककाे विरुद्धमा पनि अर्काे हक रहेछ ।
तँ जस्ता हजार पाउँछु भनी गयाै दया! लाग्याे ।
फेरि पनि तिमीलाई मजस्तैकाे आवश्यक रहेछ ।
मेराे अस्तित्व सकियाे, तिमिसँगकाे सम्बन्धमा ।
डस्टर रहेछ तिम्राे प्रेम, मेराे जीवन चक रहेछ ।
जिन्दगी सफल हुने रहेछ, यहि खेल जितेपछि
यही प्रेम जिन्दगि बर्बाद बनाउने कारक रहेछ ।
मेटिएकाे रहेनछ मेरा ओठ्हरूकाे निशानी ।
अझैसम्म तिम्राे गालामा गुलाफी चमक रहेछ ।
भाेकभाेकै दाैडिन्छन्, घाँसकाे भारी र काेदालाे
हाम्री आमाले दाैडिने म्याराथन भयानक रहेछ ।
हिजाे लाशकाे माथी टेकेर जाे-जाे हिँडेका थिए ।
तीँ मध्येकै एक मान्छे, आज यहाँ शाशक रहेछ ।
तिमी र म अराजक छदै थियौँ, प्रेमकाे मामलामा ।
धत्! हाम्राे मन त हामीभन्दा पनि अराजक रहेछ।
गजल – दुई
अर्कैको आँखा लाग्यो मैले हुर्काएको मायामा ।
माया रहेन रहेछ तिमीले देखाएको मायामा ।
भोको खसी, थालीमा चामल, मार हान्ने दाउ
मृत्यु यसरी लुक्छ मान्छेले देखाएको मायामा ।
आफैँले लगाएको ताला त जाँच्ने गरिन्छ ।
कसरी भर पर्नु तिमिले लगाएको मायामा ।
बजारमा गुलाफ बाँड्दै हिड्नेलाई के थाह ?
गुलाफकै निमित्त, मैले मुटु गुमाएको मायामा ।
प्रतिक्रिया
-
४
