✍️ सुरज राना

 

म नाथे मजदुर

खै कसरि पुगेछु

झुक्किएर हो या अचेत भएर

सारा महापुरुषहरु उपस्थित रहेका

इतिहासको सबै भन्दा बृहत् सभामा

 

मलाई देखेर

कार्लमाक्सले दारी मुसार्दै भन्यो
साम्यवादको तर्फ अघि बढ कमरेड

चे ग्वेभाराले बिड़ी सल्काउदै भन्यो

नयाँ क्रान्तिको सुरुवात गर साथि

बुद्धले प्रेमसँग मुस्कुरादै भन्यो-

शान्तिको पथ निर्माण गर शिष्य

जिजसले क्रसमा टागिएरै भन्यो-

स्वर्ग जाने बाटो खोज मनुख्खे

गान्धिले धोती मिलाउदै भन्यो –

सत्यको बाटोमा हिड बेटा

बब मार्लिले जोइन भर्दै भन्यो-

परिवर्तनको पक्षमा गित गा तोर्पे
हिटलर र सद्दाम हुसेनले बन्दुक तेर्स्याउदै भने

धर्मको राजनिति बुझ लाटा

यात्रो महाज्ञान र अचुक सुझाबसहित

दुनिया बदल्ने उत्साह बोकेर

जसै म बाहिरिए बिशाल सभाबाट

भोकले मेरो कठालो समातेर लतार्दै भन्यो –
“भात खानु छ ए, मजदुर बेल्चा समात”

प्रतिक्रिया

सम्बन्धित खवर