✍️ केःबी पारखी
फेरि चुनाव आएको छ
तपाईं हाम्रो घरदैलोमा
बाजागाजा ,फुलमाला पहिरीदै
सबलाई हात जोडिरहेका छन्
खुट्टा ढोगीरहेछन्।
हिजो दुःख विमार पर्दा
मान्छे नचिन्नेले चिनेका छन्
घरको आँगन नटेक्नेले टेकेका छन्।
गाउँघर,समाजमा
समृद्विको सपना देखाएर
दिन्छन् ठूला ठूला भाषण
दिन्छन् ठूलै ठूला आश्वासन
र फेरि पनि
मैले दुधले नुहाएर आएको छु।
मनमा पाप छदैछैन
हिमनदीको मुहानबाट निस्केको
जल जस्तै पवित्र छ
मेरो मन भन्दै
भोटको भिक्षा
माग्न आएका छन्।
यो समयमा आफुलाई
विवेकको तराजुमा जोखेर
हिसाबकिताब गरेर
न्यायाधीश बनिदिनुहोस्
फैसला गरिदिनुहोस्
लगाइदिनुहोस्
स्वस्तिक छाप।
फेरि पनि
कदापि नबिर्सनु
आफ्नो सुरक्षित मताधिकार
झुक्किएर पनि
मिठा चिप्ला कुरामा नबिकी
हृदयको प्रेम झिकी
बिर्सीएर पुरानो चोट
सम्मानले हालीदिनु भोट।
कामना गर्नु
गतिला मान्छे हार्नै छैनन्
मेरो भोट खेर जाने छैन
विगतको जस्तो गल्ती दोहोरिने छैन।
फेरि झुक्किएर पनि
फेरि कति बर्षसम्म
टाउको समाएर बस्न नपरोस्
यो चुनावले
जय जनता
जर्नादनको भलो गरोस्।
प्रतिक्रिया
-
४
