सोल – नेपाल मुक्तक प्रतिष्ठान कोरियाले शुभकामना आदानप्रदान, मुक्तक प्रतिभा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न छ ।

नेपाली मुक्तकको विकास र उन्नयनमा क्रियाशील संस्था नेपाल मुक्तक प्रतिष्ठान कोरियाले लक्ष्मीपूजाको अवसर पारेर सो कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रमका संयोजक दिपकराजले अहिलेसम्मकै सबैभन्दा बढी पुरस्कार राशिको मुक्तक प्रतियोगिता मात्रै सञ्चालन गरेको दावी गर्दै भने “सरकारी तवरबाट गर्न नसकेको ‘प्रखर युवा मुक्तक प्रतिभा सम्मान’ पनि दिन सुरु गरेका छौं । यसबाट मुक्तकमा साधनारत साधकलाई थप हौसला मिल्ने कुरामा विश्वस्त छौं ।”

संस्थाले सम्मानका लागि छनोटमा परेका ५ नामहरूमध्येबाट कामको मूल्याङ्कन गरी रामजीप्रसाद आचार्यलाई सो कार्यक्रममा सम्मानित गरिएको उनले बताए ।

प्रतिष्ठानले गत असोज महिनामा सम्पन्न गरेको अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशिको पुरस्कार पनि कार्यक्रममा वितरण पनि उक्त कार्यक्रममा गरिएको थियो।

जसमा प्रथम हुने अर्घाखाँचीका पदम पाण्डेलेले नगद रु ३३ हजार ३३३ र प्रमाणपत्र, द्वितीय हुने कास्कीका मदन घिमिरेले नगद रु २२ हजार २२२ र प्रमाणपत्र र तृतीय हुने गुल्मीकी दीक्षा भण्डारीले नगद रु ११ हजार १११ र प्रमाणपत्र प्राप्त गर्न सफल भएका छन् ।

त्यसैगरी तीन फरक फरक विषयमा उत्कृष्ट मुक्तक लेख्ने मुक्तककारहरू अजय राई, प्रकाश कुइँकेल र कल्पना काफ्लेहरूलाई नगद रु २र२ हजार र प्रमाणपत्र वितरण गरिएको आयोजकले जनाएको छ ।

प्रतिष्ठानका अध्यक्ष आर एन को अध्यक्षतामा र वरिष्ठ लेखक तथा साहित्यकार प्राज्ञ सरुभक्त श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विशेष अतिथिका रूपमा मुक्तक प्रतियोगिताका मूल निर्णायक आनन्द श्रेष्ठ र रामचन्द्र रहेका थिए ।

कार्यक्रममा युवा मुक्तक अभियन्ता आचार्यलाई ‘प्रखर युवा मुक्तक प्रतिभा सम्मान ( २०७८’ स्वरूप (नगद रु ११ हजार १११ र सम्मानपत्र)बाट सम्मान अर्पण गरिएको थियो।

सर्वाधिक पुरस्कार राशिको विश्वव्यापी खुला मुक्तक प्रतियोगिता(२०७८ मा विजयी र विषयगत उत्कृष्ट मुक्तक लेख्ने मुक्तककारहरू कार्यक्रममा अतिथिको रूपमा उपस्थित उक्त कार्यक्रमको संयोजन संस्थाका कार्यसमिति सदस्य दिपकराजले र सञ्चालन अर्का सदस्य ह्यारी बोण्डले गरेका थिए ।

कार्यक्रममा संयोजक दिपकराजको कार्यक्रम बारे जानकारी एवम् स्वागत मन्तव्यपछि सम्मानित व्यक्तित्व रामजी प्रसाद आचार्यको सङ्क्षिप्त जीवनी उद्घोषकले पढेर सुनाएका थिए।

कार्यक्रममा प्राज्ञ सरुभक्त श्रेष्ठले नेपाल मुक्तक प्रतिष्ठान कोरियाले गरेका अनुकरणीय कामहरू आफूले नियाल्दै आएको र यस्ता कार्यहरू निरन्तर रूपमा गरिरहन आवश्यक रहेको कुरामा जोड दिए ।

स्रष्टा सम्मानको तथा पुरस्कार स्थापनाको प्रशंसनीय काम भएको बताउँदै मुक्तक प्रतियोगिता र सम्मानका कार्यक्रमले नेपाली मुक्तकको विकासमा ठूलो टेवा पुगेको उनले बताए ।

त्यस्तै, अध्यक्ष आर एन ले मुक्तकको विकासमा सबैको साथ र सहयोग प्राप्त भइरहेको र यस्तो साथ सधैं पाइरहेमा थप मुक्तकसम्बन्धी नयाँ कार्यक्रम ल्याउने जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर