बाग्लुङ – रणस्मृति पुरस्कार संस्था बागलुङले विसं २०७७ को ‘शक्ति पुरस्कार’ तनहुँका कवि एवं निबन्धकार अनिल श्रेष्ठलाई प्रदान गरेको छ । आज यहाँ आयोजित समारोहमा श्रेष्ठलाई वरिष्ठ अधिवक्ता पद्मनाथ शर्माले रु आठ हजार राशिसहित पुरस्कार र प्रमाणपत्र प्रदान गरे ।
नेपाली भाषा, साहित्यको उत्थानमा पु¥याएको योगदानबापत श्रेष्ठलाई पुरस्कृत गरिएको संस्थाका अध्यक्ष काजी रोशनले बताए ।
कवि श्रेष्ठका ‘आरु फुलेको साँझ’, ‘मध्यरातमा मुर्कट्टा’लगायत कविता कृति प्रकाशित छन् । यसअघि सो पुरस्कारबाट पोखराका कवि तीर्थ श्रेष्ठ, भैरहवाका साहित्यकार बालकृष्ण भट्टराई र स्याङ्जाका विश्वप्रेम अधिकारी पुरस्कृत भइसकेका छन् ।
विसं २०५० मा स्थानीय समाजसेवी शक्तिबहादुर खड्काले बुबा रणबहादुरको स्मृतिमा पुरस्कार संस्थाको स्थापना गरेका थिए ।
सो संस्थाले विसं २०७४ देखि साहित्यतर्फ ‘शक्ति पुरस्कार’ प्रदान गर्दै आएको छ । संस्थाले सामुदायिक विद्यालयबाट उत्कृष्ट अङ्क ल्याउने छात्र÷छात्रालाई पनि पुरस्कृत गरेको अध्यक्ष रोशनले जानकारी दिए ।
प्रतिक्रिया
-
४
