दक्षिण कोरिया – राष्ट्रकवि माधव घिमिरेज्यूको १०२ औँ जन्मजयन्ती विशेष कविता वाचन कार्यक्रम भव्य रूपले सम्पन्न भएको छ । असोज १० गते जुम प्रविधिको माध्यमबाट अनेसास कोरिया च्याप्टरको आयोजनाम सम्पन्न सो कार्यक्रममा प्रखर युवा छन्दकविहरूले राष्ट्रकविका अमर कविताहरू र आफ्ना सुन्दर कविताहरू वाचन गरेका थिए ।
राष्ट्रकवि जयन्ती विशेष कविता वाचन कार्यक्रममा चर्चित कवि एवम् छन्द प्रशिक्षक देवी नेपालको प्रमुख आतिथ्य रहेको थियो भने मूर्धन्य कवि कलानिधि दहालको विशिष्ट आतिथ्य रहेको थियो । त्यसैगरी कार्यक्रम को संयोजन तथा सभापतित्व च्याप्टरका अध्यक्ष प्रमोद सारंगको रहेको थियो । कार्यक्रममा च्याप्टरका उपाध्यक्ष आर. एन. अधिकारीले स्वागत मन्तव्य राखेका थिए भने महासचिव ह्यारी बोण्डले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए ।
राष्ट्रकविका अमर रचनाहरू वाचन गर्दै युवा कविहरू क्रमशः सविता बराल, सागर के. सी., संगम संयोग देवु लुइटेल तथा जनक सन्याललगायतले आफ्ना मौलिक कविताहरू पनि सुनाएका थिए। कार्यक्रममा प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरू क्रमश : देवी नेपाल र कलानिधि दाहालले राष्ट्रकविको लेखनशैली,योगदान तथा जीवनीको उच्च सम्मान गर्दै वहाँहरूले राष्ट्रकविका रचनामा नेपालीपन, राष्ट्रप्रेम, शास्त्रीयता, कोमलता र गेयात्मकतामा रमाउँदै सुक्तीमय सम्प्रेषण गर्ने स्रष्टा रहेका जनाए । स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैलीका धरोहर, नेपाली साहित्यको मध्यकालदेखि आधुनिककालसम्म निरन्तर रूपमा जीवनको अन्तिम समयसम्म क्रियाशील रही कविता, गीतिनाटक , कथा,अनुवाद ,लेख, प्रबन्धजस्ता धेरै विधाहरूमा दीर्घसाधना गर्नुभएका नेपाली साहित्यका विराट प्रतिभा हुन् ।
कार्यक्रमका सभापति तथा संयोजक प्रमोद प्रमोद सारंगले राष्ट्रकविका विविध आयाम र विधाबारे चर्चा गर्दै उनका कविता र गीत प्रस्तुत गरेका थिए। कार्यक्रममा आयोजकले अतिथि स्रष्टाहरूलाई सम्मान – पत्र अर्पण गरेको थियो।
प्रतिक्रिया
-
४
