काभ्रे। कवि सूर्य लाकोजूको एक झुल्को घाम नामक नवीनतम कृति हालै एक समारोह बीच लोकार्पण भएको छ ।
घाम प्रिय कवि लाकोजूको उक्त कृति एक समारोह बीच वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि मदनकृष्ण श्रेष्ठले कवि, साहित्यकार देशका गौरव भएको विचार पोखे । कार्यक्रममा पुस्तकमाथि चर्चा गर्दै समालोचक डा ज्ञानु अधिकारीले नेपाली कविता विधामा आफ्नो फरक प्रवृत्ति बनाइसकेका सूर्य लाकजूको प्रस्तुत कविता कृति वर्तमान नेपाली समाजको एउटा बिम्ब भएको बताए । असन्तुष्टि र निराशामा बाँच्न विवश देशका युवाहरुको प्रतिनिधि आवाज पनि हो । मानवीय संवेदना र यथार्थबोधी भावनाले कविताहरु जीवन्त भएको र प्रस्तुत कवितासङ्ग्रह नेपाली साहित्यको पठनीय कृति बनेको विचार उनले पोखिन। त्यस्तै अर्का समालोचक प्रा डा रमेश चन्द्र अधिकारीले सूर्यका कविता सरल देखिए तापनि त्यसभित्र गाम्भीर्यता हुनु उनको विशेषता भएको मत राखे ।
लाकोजूका कविता बलशाली रहेको विचार व्यक्त गरे । सूर्य चम्किलो र उज्यालो छ । उनको साहित्य यात्रा पनि निक्कै उज्यालो छ । उनको उज्यालो निक्कै पर पुगेको छ भन्दै समालोचक रमेश अधिकारीले आफ्नो मन्तव्य पोखे ।
सोही समारोहमा ‘एक झुल्को घाम’ कविता सङ्ग्रहबाट विभिन्न कविहरूले कविता वाचनसमेत गरेका थिए। बुद्धिकृष्ण् घो , ध्रुवकृष्ण ताम्राकार, हिसिलिना साक्य, रहेना मानन्धर नकःमि, विनिता बज्राचार्य लगायतका कविहरूले कृतिमा समेटिएका कविता प्रस्तुत गरेका थिए। कविता वाचनले समारोहलाई थप साहित्यिक र सृजनात्मक बनाएको थियो।
कार्यक्रम मध्यपुर थिमि साहित्य क्यवका अध्यक्ष वसन्त नकःमिको अध्यक्षतामा सम्पन्न भएको थियो ।
एक झुल्को घाम कविता सङ्ग्रहका सर्जक लाकोजूका
कविता, निबन्ध, हाइकु, नियात्रा, मुक्तक , अनुवाद विधामा कलम चलाउँदै आएका लाकोजूका करिव तीन दर्जनभन्दा बढी साहित्यि कृतिहरू प्रकाशित छन् । त्यतिकै सङ्ख्यामा उनले साहित्यिक कृतिको सम्पादन समेत गरेका छन ।
प्रतिक्रिया
-
४
