– जमुना कायस्थ ‘माया’

१,
सत्य कहदा पनि दुख भो भन्छन् मान्छेका कुरा
चाप्लुसी आउन्न,गुन सबै खन्छन् मान्छेका कुरा
सल्लाह सुझावलाई हल्ला देखि भिन्न राखेका
धर्मि सधैं अडिग स्वस्थ्य, रहन्छन् मान्छेका कुरा।

२,
सुकेपत्तालाई बतासले उडाउँछ भन्देकि छु हेर्नुस्
भुवा जस्तै हलुका भएर हराउँछ भन्देकि छु हेर्नुस्
खोला किनार रोपेका बोट सधैंभरि हरियो हुन्छ
कहिल्यै ओईलाउँदैन मौलाउँछ भन्देकि छु हेर्नुस्।

३,
खडेरी पर्दा पात झर्‍यो , तैपनि सत्य डग्दैन
दुष्टका सल्लाह पिरल्यो, तैपनि सत्य मान्दैन
धार्मिकता अटल रक्षात्मक जटिल बनेकै छन्
चाप्लुसि ओंठप‍ो बदल्यो ,तैपनि सत्य भाग्दैन।

४,
गुन गरेसम्म साथ दिन्छन् संसारकै मतलबि
अलिक बेरमा हात बिन्छन् हतारकै मतलबि
स्वार्थी भुसुनालाई आत्मिक आँखा देख्छनि
सत्य निष्ठा भात लिन्छन् संहारकै मतलबि।

५,
अस्ताउन लागेको डाँडापारीको घाम हुँ म
पतझडको खडेरीमा उजाडिको नाम हुँ म
एकनास क्षितिजको हेराई मात्रै हो जीवन
एकमुठ्ठी प्राण अल्झिएकोअञ्जाम हुँ म।
***

प्रतिक्रिया

सम्बन्धित खवर