क्यान्सस अमेरिका – गैर्ह्रआवासिय नेपाली असोसिएसन क्यान्सस च्याप्टर अमेरिकाद्वारा आयोजित “एनआरएनए बाल चित्रकला तथा हाजिरीजवाफ प्रतियोगिता २०२६” गत शनिबार ओभरल्याण्ड पार्कमा सम्पन्न भएको छ। बालबालिकाहरूको प्रतिभा, सिर्जनशीलता र बौद्धिक क्षमताको विकास गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा नेपाली समुदायको उल्लेखनीय सहभागिता रहेको थियो। प्रतियोगितामा चित्रकलातर्फ २२ जना तथा हाजिरीजवाफतर्फ १२ जना बालबालिकाहरू सहभागी भएका थिए।

कार्यक्रममा सहभागी बालबालिकाहरूले आफ्नो कला, ज्ञान र आत्मविश्वास प्रस्तुत गर्दै कार्यक्रमलाई अत्यन्त उत्साहपूर्ण बनाएका थिए। कार्यक्रम सञ्चालन तथा समन्वयमा राम कोइराला र च्याप्टर अध्यक्ष नविन सापकोटाले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।

हाजिरीजवाफ प्रतियोगितामा कक्षा ८ का मनसुन राई र कक्षा ७ की पलिस्था श्रेष्ठ प्रथम स्थान हासिल गर्न सफल भएका थिए। त्यसैगरी कक्षा ८ का रायन अधिकारी र कक्षा ६ की दिव्यांशी नेपाल द्वितीय तथा कक्षा ६ की एरिआना घिमिरे र प्रनेश चालिसे तृतीय भएका थिए।

त्यसैगरी चित्रकला प्रतियोगितामा कक्षा ५ की परिषा श्रेष्ठ प्रथम, कक्षा ३ का देवांशमान जोशी द्वितीय तथा कक्षा ४ की सेराफिना चौधरी तृतीय भएका थिए।

कार्यक्रमको समापनमा एनआरएनए क्यान्सस च्याप्टरका अध्यक्ष पुरुषोत्तम श्रेष्ठले उपस्थित अभिभावक, अतिथिहरू, स्वयंसेवक तथा सहभागी बालबालिकाहरूलाई धन्यवाद ज्ञापन गर्दै यस्ता कार्यक्रमहरूले नयाँ पुस्तामा नेपाली भाषा, संस्कृति तथा सिर्जनशीलताको विकासमा सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा एनआरएनए अमरिकाका सल्लाहकार कुबेर दाहाल तथा मध्य–पश्चिम क्षेत्रीय संयोजकद्वय दिपेश भट्टराई र रिकेश नरसिंह प्रधानको विशेष उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर