सरस्वती बानियाँ थपलिया
१,
माया गर्छु भन्दै सधैं हक यसरी जताउन
नबोलि नबोलि सधैं भरि यसरी सताउन
कुन दिन कुन रात अन्य हुने हो जिन्दगीको
नसकुला तिम्रो प्रश्नको उत्तर यसरी बताउन

२,
मैले जस्तै ननिदाई तिमिले पनि रात काट्यौ कि?
अन्तै आँखा छलि प्रिय कतै साथ साट्यौ कि?
पर्खाईको पीडा पर्खि बस्ने लाई थाहा हुन्छ प्रीय
आउछुआउछु भन्दै छिट्टै मलाई ढाट्यौ कि?

३,
शिरमा सिन्दुर जोगाउने नाता बनि दिनु
पानी पर्दा बग्न सक्छ छाता बनी दिनु
मलाई कसैले नराम्रो नजरले हेर्छन भने प्रिय
तिमी सर्बनास गर्ने काली माता बनी दिनु

४,
जानेर कसैलाई नराम्रो बचनले ठोस्न जानेकी छैन
मैले अरुको सिउँदोको सिन्दुर खोस्न जानेकी छैन
बस मत भाग्य र कर्ममा बिस्वास गर्ने मान्छे
कसैको मायामा बहकेर अरु सोच्न जानेकी छ


तिमी बस्ने गाउँ र म बस्ने गाउँ छुट्टै छ,
तिमी र म बोल्ने मान्छेको नाउँ छुट्टै छ।
गाउँ र मान्छे मात्रै त फरक हुन प्रिय,
हिसाब गर्छ्न ब्याजको साउँ उतै छ

प्रतिक्रिया

सम्बन्धित खवर