– महेन्द्र नेउपाने

“आजको समाचारको शीर्ष खबर  हेर्नू भयो ? ´´जयाले आफ्ना पतिलाई अखबार देखाउदै भनिन्।

विदुरले समाचार पढिसकेको जानकारी गराउँदै  भने ,  ‘भ्रष्टाचार गरेको अभियोगमा एक जना महाप्रबन्धकलाई  कालो मोसो दलियो।’ भन्ने समाचार भनेकी हौली ? क्रान्तिपश्चात आउने यस्ता पराकम्पहरूलाई सामान्य रुपमा लिनुपर्छ ।”

“कालो मोसो दल्न उकास्ने त उनकै  साढुदाइ  पो रहेछन् ।” जयाले आत्मविश्वासका साथ भनिन्।

“तिमीले कसरी थाहा पायौ  नि ?” विदुरले जिज्ञासा राखे।

जयाले एकै सासमा बेलिबिस्तार लाइन् , “अस्ति तीजको बेला उनकी स्वास्नीको निकै तामझाम थियो रे ! नयाँ सारी, गुचीको व्याग , हिराको सेट , हातमा  आईफोन बोकेर ठूलो चिल्लो गाडीमा चढेर दिदीलाई तीजभाग पुर्याउन गएकी थिई रे !”

विदुरले आश्चर्यभावमा श्रीमतीलाई हेर्दै प्रश्न गरे ,  “यस्ता कुरा तिमीलाई सुनाउने जासुस चै को रहेछ नि  ? ”

“कसैलाई नभन्नु है त  !”  भन्दै  उनैले  मलाई  सुनाएकी थिइन् ।
“फेरि, उनी भनेको को ?” विदुर अलि झर्किए ।

तपाईं पनि  कसैलाई  नभन्नू है त भन्दै जयाले विदुरको कानमा साउती मार्दै  भनिन् , “मेनेजरकी बुढी क्या ! उनी त मेरी बाल्यकालकी साथी हुन् नि !”

***

प्रतिक्रिया

सम्बन्धित खवर