– सरस्वती तिवारी

गजल १
मैंले सुनाउनु पर्ने मेरो जीवन काहानी हो
जिउँदो छ शरीर हो मरेपछि खरानी हो

बाचुन्जेल यहाँ लोभ पाप घमण्ड हुन्छ
जति भए पनि नपुग्ने हाम्राे स्वाभ हो

त्यो सफलता उचाईमा मात्र पाइन पनि
तलतल बग्दै समुन्द्र पुग्ने त्यो पानी हो

शिकारी धेरै छन् मौकामा शिकार गर्ने
सबैमा सफलता नहुने सही निशानी हो

उब्रेको पायो भने। पेट भर्छ एउता गरिब
पितको नचढाउने लोभी ओप्पसानी हो

गजल २,
विदेश भन्दैमा त्यहाँ पैसाको खानी हुँदैन
ठक्कर नखाई कसैको जिन्दगानी हुँदैन

स्वाथै स्वार्थले भरिएको हुन्छ यो शहरमा
निस्वार्थ सहयोग गर्ने कसैको बानी हुँदैन

सघर्ष बिना सफलताखोजेर काहाँ हुन्छ र
लगानी बिनाको पनि कुनै आम्दानी हुँदैन

बाहिरी खुसी जस्को धेरै देखिन्छ
उसैको हरेकपल नभिजेको शिरानी हुँदैन

गन्तव्य। पुग्न कठीन यात्रा पार गर्नैपर्छ
अँध्यारो रातलाई नचिरीक्न बिहानी हुँदैन

***

प्रतिक्रिया

सम्बन्धित खवर