– गुणनिधि घिमिरे
१,
नाराबाजी साँझबिहान टर्दासम्म
अल्छीले सिन्को नभाँच्ने
दोषजति अर्कालाई अचम्म ॥
२,
घर पुग्दा थालभरि
आमाबाको गतिगरास अवस्था
कहिलेसम्म चल्छ यसैगरी ?
३,
हावाका तालमा बोल्छन्
भाषण हाईहाई हुईहुई
व्यर्थमा अर्कालाई पोल्छन् ॥
४
घामपानी हावा रापताप
आजको चरित्रमा देखिएको
सहनशील बानीको अभाव ॥
५,
परिश्रम गरेर कमाउनू
अर्कालाई पिर नपारी
असल मार्ग समाउनू ॥
६,
परिश्रमीहरूको सारा संसार
अल्छीहरूको कतै पनि
फेदटुप्पो हुन्न आधार ॥
७,
भाषणले चलेको देश
कानचिराहरूको जालझेल हेर्दाहेर्दै
फुले विज्ञहरूका केश ॥
८,
अब मेहनतले कमाऊ
यस्तो पाराले हुदैन
असल बाटो समाऊ ॥
९,
बुढाहरूका मार्गदर्शनहरू हेरेर
युवायुवतीले देश चलाओ
नचाहिने कुराहरू फेरेर ॥
१०,
परिश्रम गरे फल्छ
गफ मात्र गऱ्यौभने
आमाको छाती जल्छ ॥
***
प्रतिक्रिया
-
४
