– सम्झना थापा मगर
मुक्तक १
बुझ्नुछ जीवनमा छलफल कसरी हुन्छ
भन्छन् मित्र एकतामा बल कसरी हुन्छ
जति सङ्घर्ष गर्दा पनि असफलता हुने,
नखोजी त समस्याको हल कसरी हुन्छ ?
मुक्तक २
जति औषधी ग रेपनि भित्री मनकाे राेग मिल्दैन
पत्थरमा आस्था राख्दा राख्दै पनि भाेग मिल्दैन
दुनियाँकाे त के कुरा गराैँ र महाेदय यहाँ,
दुख परेकाे बेला आफन्तबाटै सहयोग मिल्दैन ।
मुक्तक ३
धेरै नबोल्नु यहाँ बात आउन सक्छ
ठूलो सानो भनी जात आउन सक्छ
आफ्नै ठानी मनको कुरा नखोल्नु होला,
आफ्नैबाट झन् घात आउन सक्छ ।
मुक्तक ४,
बल उमेर रहुन्जेल दुई चार पैसा कमाउन सिकौं
घरमा आफूसँग जे छ त्यसैमा रमाउन सिकौं
भविष्यमा के हुन्छ कसलाई के थाहा हुन्छ र ,
आजै देखिबाट दुई चार पैसा जमाउन सिकौं ।
मुक्तक ५,
सकियो भने सहि ठाउँमा निर्णय लिन
सक्नुपर्छ आफ्नो खुट्टामा आफैं उभिन
बाधाहरू आउन सक्छ सफर गर्ने क्रममा
हुन्न आफुले आफैंलाई कमजोर सम्झिन ।
***
प्रतिक्रिया
-
४
