– सुरेशकुमार पाण्डे
दुःख के हो र सुख्ख केहो ? दुःख सुख्खको परिभाषा बुझ्न कठिन हुन्छ। सायद यस बारेमा हामीले समय काल परिस्थितिको मुल्याङ्कन गरेर मात्र निष्कर्षमा पुग्न सक्छौँ । वर-पिपलको रूखको छायाँमा रूखकै आडमा बसेको प्रेमलाल यही सोचमा ब्यस्त थियो ।
बिस्तारै चलेको बतासले रूखका पातहरू परर पार्दै थियो।यस्तो भान हुनथ्यो ‘मञ्चमा प्रेमको कथा वाचन हुदैछ र दर्सकहरू ताली बजाइ रहेका छन् ।’
दुइटा स साना बालिकाहरूले एउटा अर्धबैँशे नेत्रहिनलाई डोराउदै डोराउदै प्रेमलाल कै अगाडी आएर ठिङ्ग उभिए।
प्रेमलाल झसङ्ग भयो । सबै भुल्यो र उनीहरूलाई एककोहोरो नियाल्न थाल्यो ।
उनीहरूका झरझर भएका मैला कपडा हेर्यो अनि आफूले पहिरिएका सर्ट पाइन्टतिर एक टक हेर्यो। उनीहरूको तुलनामा अब्बल थिए।
ती अबोध बालिकाहरू कुपोषणका सिकार भएका दुब्ला पातला पट्पटी फुटेका हात खुट्टा’ जुङरूङ्ग गरेको कपाल हेर्यो र क्षणभर आफ्नै घरमा फर्कियो।
– “आमा यस्तो रङको कपडा लगाउँदैन ,आमा त्यो मलाई मिठो हुदैन म खादैन मैले।” आफ्नो बालकहरूको जीद्दी र खिचातानी, दुध पनि बल्ल बल्ल खुवाएको त्यो पुरानो दृश्य झलझली आँखामा घुम्यो।
आफूले गरेको काम सम्झियो- त्यो बञ्जर जमिनमा दिनदिनै तीन चारव़टा पाँच-पाँच फुटका खाडल बञ्जर जमिन हातैभरी फोरा,लगभग चालिस किलो मिटर दिनौँ साइकलको यात्रा । आफुले बिधुतलाईनमा झुण्डिएर गरेका अनगिन्ती जोखिमपूर्ण कार्य सम्झियो।
ऊ फेरी आफ्ना अगाडी हात पसारेर उभिएका तर्फ पिर्लुक्क हेर्यो।
– नानी हो तिम्रो बाबालाई के भएको हो ? ” प्रेमलालले दयालु पारामा सोध्यो।”
– हाम्रो बाबाको दुवै आँखा फुटेको छ।- “उनै मध्येकी एउटीले नानीले भनी।” ऊ अलि ठुली थिई तर उनिहरू वर्षौंदे जस्ता देखिन्थे। उनीहरूको अन्दाजी उमेर एघार तेह्र जतीका हुनुपर्छ।
– कसरी आँखा फुटेका दुबै ” -प्रेमलालले जान्न खोज्यो।”
-सर ! मैले एउटा पटाकाको फेक्ट्रीमा काम गर्थेँ त्यहा बारूध बिस्फोट भयो धन्न ज्यन जोगियो।मेरी बुढी त्यही आगलगि हुँदा मारिइन। यिनै दुइव़टी छोरीहरू मेरो जिउने आधार बनेकाछन्। “उसले भावुक हुँदै आफ्नो कथा सुनायो।” दुवै छोरीहरू एता उताबाट हात छोपेर आफ्नो कर्तव्य पुरा गर्दै थिए।
– ए.ए. फेरी हजुरलाई केही आर्थिक राहत मिलेन त ? “प्रेम गम्भिर भएर प्रश्न गर्यो।”
– मालिकनै भाग्यो सर ! हामिलाई प्रहरिले छोपेर केरकार गर्यो ।कसैले पनि हाम्रो कुरा सुनेनन् ।मत साहिद् अहिले जेलमै हुन्थेहोला ; धन्न यी दुइटी छोरीहरू मेरै काखमा थिए र यिनको मुख हेरेर साहेद उनिहरूमा दया जाग्योहोला ।तारिखमा हाजिर हुन जाने सर्तमा छाडेको हो।अरू कतिपय त्यही घट्नाबाट जोगिएकाहरू अहिले पनि जेलमै छन् । ” उसले बिगत सम्झिंदै भन्यो।”
प्रेमलाल उनिहरूको अवस्था देखेर चिन्तित् भयो।तर पनि के गर्न सक्थ्यो।उसले आफ्नो खोल्टी छाम्मो एक सय रूपियाँ मात्रै रहिछ। लिनुहोस “अहिले म सँग केही छैन यि नानिहरूलाई चिया पानी दिनुहोला भन्दै एक सयको नोट बालिकाको हातमा थमायो।
उनिहरू त्यो रूपियाँ छोपेर दुबै हात जोडे अनि अगाडी बडे।
ऊ त्यही वृक्षको छायाँमा बसिरह्यो।
समस्या आ आफ्नै छन्।कसलाई सुनाउने फेरी ऊ सोंचमङ्न भयो।
– अब हजुरले आफ्नो बाटो गर्न सक्नुहुन्छ।हामिले जीवनभरी हजुरको सेवा गर्ने ठेक्का लिएका छैनौँ ! ” उसको कानमा कर्कट आवाज आयो। ” त्यो केहिदिन पहिले आफ्नै छोराले भनेको आवाज हो। ”
मुख सुकेको थियो पानी यता उता कतै थिएन। उसले सुकेको गला खकार्यो । आफ्नो पेट मसार्यो उसले एउटा मृगौला बेचेको सम्झियो र ऊ झसङ्ग भयो।
आफ्नो छोरालाई डिग्री दिलाउने वेला उसले मृगौला बेचेको थियो।
प्रेमले स्यूइ ! सुस्केरा हाल्यो र लामो सास फेर्यो। उताबाट तेज रफ्तारमा गुडेको एउटा मोटर कारले धुवाँ र धुलो सँगै उडाउँदै अगाडी बढ्यो।उसले हातले धुलो पञ्छाउँदै गुडेको गाडी तिर पिर्लुक्क हेर्यो त्यो उसैको छोरा बुहारीको गाडी रहेछ।
***
प्रतिक्रिया
-
४
