माकादुम खाडादेबी गाउँपालिका वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि ६ नम्बर वडाले चुम्न सफल भएको छ । असोज १९ गतेदेखि शुरू भएको उक्त खेलमा खेलमा जम्मा नौ वटा टिमहरू सहभागी रहेका थिए । अन्य टिमलाई पछि पार्दै ६ नम्बर वडाले उपाधि जितेको हो ।  वडा नम्बर ८ द्वितीय र वडा नम्बर ७ तृतीय भएको छ भने र सान्तवना पुरस्कार वडा नम्बर ९ ले जितेको छ ।

प्रतियोगितामा वडा नम्बर १,२ र ३ भने सहभागी नभएको माकादुम खेलकुद परिषद् आयोजक कमिटी सदस्य तथा प्रचार प्रचार विभाग प्रमुख राजन खत्रीले जानकारी दिए ।

प्रतियोगिताका बिजेताले एक लाख रुपैयाँ र प्रमाणपत्र, सह बिजेताले ६० हजार रुपैयाँ र प्रमाण पत्र, तृतीय पुरस्कार ४० हजार रुपैयाँ र प्रमाण पत्र प्राप्त गरेका छन् भने सान्तवना पुरस्कार स्वरूप २० हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको थियो ।

खाडादेवी गाउँपालिका माकादुम ६ वडा कार्यलयको सहयोगमा माकादुम खेलकुद परिषद्ले सो प्रतियोगिताको आयोजना गरेको थियो ।

कार्यक्रममा खाडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ, वडा नम्बर ६ का अध्यक्ष नारायण कार्की, बुद्धिजीवि तथा स्थानीयको उत्साहजनक सहभागिता रहेको थियो ।

सरस्वती युवा क्लब, माकादुम युवा एकता समाज, लोकतान्त्रिक युवा बचत समूह, श्री पर्यटन व्यवसाहीक सहकारी सस्थाले प्रतियोगितालाई प्रायोजन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर