काठमाडौँ – कमेडी च्याम्पियन सिजन–२ को शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा ताप्लेजुङका भरतमणि पौडेल बिजेता बनेका छन् । सबैभन्दा बढी भोट पाएको आधारमा पौडेल विजेता घोषित भएका हुन् । जितेसँगै उनले डाट्सनको कार र नगद २५ लाख रुपैयाँ प्राप्त गरेका छन् ।

फस्ट रनरअप घोषिति भएका सिक्कमका बिक्की अग्रवालले टीभीएस अपाचेको मोटरसाइकल प्राप्त गरेका छन् भने यस्तै सेकेन्ड रनरअप गोरखाका सन्तोष थापाले स्कुटर प्राप्त गरे । ।

भरतमणिले पूर्व युवराज पारस शाहको गेटअपमा दिएको प्रस्तुतिले निकै चर्चा कमाएको थियो । सोही प्रस्तुतिका करण भरतमणि ‘पफर्मर अफ द राउण्ड’ मार्फत फाइनलमा पुगेका थिए ।

ग्राण्ड फिनालेमा वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको सहभागिता रहेको थियो भने हरिवंशले विजेताको घोषणा गरे भने सेकेण्ड रनरअपको घोषणा मदनकृष्णले गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर