–भेष राज बुढाथोकी
बालबाटिका स्कुलका सञ्चालक तथा गायक रोशन सिंहले आफ्नो सिर्जनामा मौलिक गीत ‘मेरी मायालु’ बजारमा ल्याएका छन् ।
युवा पुस्ताको प्रेम प्रतिको झुकाव , लगाव र धारणालाई प्रस्तुत गर्न खोजिएको ‘मेरी मायालु’ बोलको गीतमा रोशन सिंहको शब्द , उनकै संगीत र स्वर रहेको छ ।
यो गीतको एरेञ्ज संगीतकार विश्व अधिकारीले गरेका छन् । राहुल श्रेष्ठ र ज्योती खड्काको काष्टिङ रहेको गीतको भिडियो त्रिलोक लामाले खिचेका हुन् भने लामाकै सम्पादन रहेको छ ।
रोशन सिंहले यो भन्दा पहिले विभिन्न ‘कभर गीत’मा आफ्नो स्वर भर्दै आएका थिए । गीतको म्युजिक भिडियो समेत आफैले निर्देशन गरेका सिंहको ‘मेरी मायालु’ बोलको यो गीत हिजो एक कार्यक्रमका बीच आफ्नै अफिसियल युट्युब च्यानलबाट रिलिज गरेका हुन् ।
प्रतिक्रिया
-
४
