-रामशरण श्रेष्ठ
गजल१,
बुझ्नु पर्नेले कुरा, उल्टो पो बुझेछ
उस्ले अनुहारको दाग, ऐनामा पुछेछ
सामय सँगै जिन्दगीको युद्ध लडिरहँदा
दुखहरुले साथ दिए तर सुख लुकेछ
आफ्ना सन्तानहरुले देश बिर्सिएपछी
नेपाल आमाको मन पनि साह्रै दुखेछ
म केवल आफ्नै शरिर बोकेर हिँडिरेछु
खै मेरो आत्मा भने कता छुटेछ छुटेछ
यो रामको छातिमा टेकेर मेरो साथी
आज सगरमाथा जस्तै उचाई चुमेछ
गजल २,
उ आगो बनेको, हुनाले खतम भो
र माया गरेको, हुनाले खतम भो
उ मान्छे हिजो सम्म साह्रै मिजासी
घमन्डै बढेको हुनाले खतम भो
म रोगी हजुरको, दबाई हजुर नै
भनेरै बसेको हुनाले खतम भो
उज्यालो दिने काम गर्दा म गर्दै
दियो भै बलेको हुनाले खतम भो
बनायो खडेरी, यता राम दाइ
मनै पो टुटेको हुनाले खतम भो
(बहर : मुतकारिब मुसम्मन सालिम
अर्कान : १२२ १२२ १२२ १२२)
प्रतिक्रिया
-
४
