चितुवा नियन्त्रणमा
आईतबार दिउँसो काठमाडौंको नैकाप स्थित एक घरभित्र पसेको चितुवालाई नियन्त्रणमा लिइएको छ।
घरभित्र पसेको उक्त चितुवा १५ किलोको बच्चा चितुवा रहेको प्रहरीले जनाएको छ।
बिहान पौने ९ बजेदेखि पूरानो नैकाप ठकुरी गाउँस्थित तरकारी टनेलमा चितुवा देखा परेको थियो।वन कार्यालयका कर्मचारीसँग समन्वय गरी प्रहरीले चितुवालाई नियन्त्रणमा लिएको हो।
डिभिजन वन कार्यालय काठमाडौंले नियन्त्रणमा राखेको उक्त चितुवालाई के गर्नेबारे कार्यालयले निर्णय लिनेछ।
प्रतिक्रिया
-
४
