काठमाडौँ – राप्रपाको अध्यक्षमा कमल थापालाई पराजित गर्दै युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मतपरिणामबाट कमल थापालाई हराउँदै राप्रपाको अध्यक्षमा लिङ्देन विजयी बनेका हुन् ।
लिङ्देनले थापालाई २२७ मतले हराएका हुन् । निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले लिङ्देन १८४४ मतका साथ विजयी भएको जानकारी दिए ।
यस्तै पराजित थापाले १६१७ मत ल्याए । मतगणनामा ४३१ मत बदर भएको बस्नेतको भनाइ छ। राप्रपाको नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान भएको थियो भने रातभर मतगणना भएको थियो ।
प्रतिक्रिया
-
४
