निर्वाचन
काठमाडौँ – सरकारले स्थानीय तहको निर्वाचन २०७९ साल वैशाख ३० गते हुने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय निर्वाचनको मिति तोकेको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिएका छन् । उनका अनुसार वैशाख ३० गते शुक्रबारका दिन एकैपटक देशभर स्थानीय चुनाव हुनेछ ।
यसअघि निर्वाचन आयोगले जेठ ४ गते स्थानीय चुनावका लागि मिति प्रस्ताव गरेको थियो ।
प्रतिक्रिया
-
४
