काठमाण्डौ – चन्द्रागिरी नगरपालिकामा रहेको सिर्जनशिल अपाङ्ग पुनस्थापना तथा विशेष शिक्षा बिद्यालयमा पढ्ने फरक क्षमताका बिद्यार्थिहरुलाई न्यानो कपडा बितरण गरिएको छ । अष्ट्रेलियामा रहेको स्वर्णिम युग फाउन्डेसनको एन्जेलो उपहार कार्यक्रम अन्तर्गत बालबालिकाहरुलाई न्यानो कपडा उपहार प्रदान गरिएको हो ।

स्वर्णिम युगको बोर्ड अफ डाईरेक्टर तथा नेपाल अध्यक्ष मनऋषी धिताल र उनका ३ बर्षिय छोरा एन्जेलोको जन्मोत्सवका अवसरमा संस्था मार्फत सबैलाई दुई जोर टीसर्ट, ट्राउजर तथा ट्र्याकसुट र हुडी उपहार स्वरूप प्रदान गर्नुभएको हो । उपहारलाई प्रमुख अतिथि मनऋषि धिताल, उहाँका सुपुत्र एन्जेलो, नुवाकोटमा कार्यक्रम बनाउन भूमिका खेल्ने पोर्चुगल निवासी जानुका धमला र सिर्जनशिल अपाङ्ग पुनस्थापना तथा विशेष शिक्षा बिध्यालयका संस्थापक एबम् अध्यक्ष दुर्गा शर्मा थापाले बिद्यार्थिहरुलाई बितरण गरेका थिए । उपहार कार्यक्रमलाई अष्ट्रेलियामा रहनुहुने रेश्मा तिमिल्सिना (एन्जेलोकी दिदी), खेम शर्मा, बिधान धिताल, दुर्गा भण्डारी खरेल, रित आचार्य घिमिरे लगायतले संस्थामा सहयोग गरेको जानकारी सो अवसरमा दिइएको थियो ।

कार्यक्रमलाई एसपि उप्रेतीले सहजिकरण गरेका थिए भने बिद्यालयका प्रधानाध्यापक कृष्ण लम्सालले सभापतित्व गरेका थिए । विद्यालयकी अध्यक्ष दुर्गा शर्मा थापाले विद्यालय स्थापना गर्नुको उदेश्य र सञ्चालनका क्रममा भोग्नुपरेका चुनौतीका बारेमा बोल्दै सहयोगी मनहरुलाई मन खोलेर सहयोग गरिदिनु हुन आग्रह गरे । मोडल, कलाकार एबम् समाजसेवी बिजेद्र नौभाग्यले विद्यालयलाई सहयोग गरेकोमा स्वर्णिम युग फाउन्डेसनलाई धन्यवाद दिए

चन्द्रागिरी नगरपालिका १४ नयाँ नैकापमा रहेको यस सिर्जनशिल अपाङ्ग पुनस्थापना तथा विशेष शिक्षा बिद्यालयमा हाल २२ जना विद्यार्थी रहेका छन् । फरक उमेरका बालक तथा बालिकालाई अध्यापन तथा स्याहार सुसारका लागि खोलिएको यस विद्याललय २०७३ सालदेखी सञ्चालन आएको हो । ब्यक्तिगत पहलमा खोलिएको यस बिद्यालय हाल दाताहरुको सहयोगमा निर्भर रहेको छ । बिद्यालय अहिले आर्थिक समस्याबाट गुज्रिएको अध्यक्ष दुर्गा शर्मा थापाले जानकारी दिए । बिद्यालयलाई हाल अष्ट्रेलियामा रहेकी प्रतिज्ञा अधिकारीले बेलाबेलामा आर्थिक र भौतिक सहयोग गर्दै आउनु भएको पनि बताए

आर्थिक समस्याबाट गुज्रिएका बिद्यालय एबम् अपाङ्ग पुनस्थापना केन्द्रहरुलाई शैक्षिक उपहार दिने कार्यक्रम अन्तर्गत स्वर्णिम युग फाउण्डेसनले विभिन्न बिद्यालयहरुलाई आर्थिक भौतिक सहयोग उपलब्ध गराउँदै आएको छ ।

संस्थालाई विश्वास गरेर योगदान गर्नुहुनेहरुलाई नेपाल अध्यक्ष धितालले धन्यवाद ज्ञापन गर्दै अस्ट्रेलियामा रहेर नेपाल र नेपालीका लागि विभिन्न अभियान संचालन गर्ने स्वर्णिम युगका संस्थापक खेम शर्मालाई पनि सो अवसरमा सम्झिए ।

त्यस्तै, गुणस्तरिय शिक्षाको लागि अभियान स्वरुप संस्थाले हाल सिन्धुली र काठमाडौंका बिद्यालयम यस खाले अभियान चलाईरहेको फाउन्डेसनका कार्यक्रम प्रमुख एसपी उप्रेतीले जानकारी दिए।  संस्थाले छिट्टै नुवाकोटमा पनि यसखाले कार्यक्रमहरु लैजान लागेको उहाँले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर