काठमाडौँ – नेपाल प्रहरीले प्राविधिक प्रहरी समूहतर्फ दुई प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० लाई प्रहरी नायब महानिरीक्षक (डिआईजी)मा बढुवा गर्न सिफारिस गरेको छ ।
प्रहरीको बढुवा समितिको आज बसेको बैठकले नेपाल प्रहरीमा प्राविधिक समूह, स्वास्थ्य उपसमूहमा एसएसपीद्वय डा सञ्जयविक्रम श्रेष्ठ र डा गोपेशकुमार ठाकुरलाई डिआइजी पदमा बढुवा गर्ने सिफारिस गरेको हो ।
डा. श्रेष्ठ र ठाकुरलाई प्रहरी नियमावली, २०७१ (संशोधनसहित)को नियम २७ को उपनियम (४)अनुसार बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले जानकारी दिए ।
प्रतिक्रिया
-
४
