प्युठान जिल्ला गौमुखी गाउँपालिका वडा नम्बर – ५ खुङ्गमा गए राती अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु भएको छ ।

अरिङ्गाल पोल्ने क्रममा अरिङ्गालले आक्रमण गर्दा आत्तिएर रुखबाट लड्दा स्थानीय कृष्ण थापाको घटना स्थलमै मृत्यु भएको हो । उनीसँगै रहेका अन्य चार जना भने अरिङ्गालको टोकाइबाट घाइते भएका छन् । घाइतेलाई भन्ने जिल्ला अस्पताल प्युठानमा उपचार भइरहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर