आदिवासी जनजाति साहित्यकार/लेखक संघ दक्षिण कोरियाको संयोजनमा ‘ आदिवासी जनजाति आन्दोलनमा साहित्यको भूमिका ः हिजो, आज र भोलि विषयक भर्चुअल अन्तर्क्रिया सम्पन्न भएको छ ।

साउन २९ गते जुम अनलाईनमार्फत सम्पन्न भएको भर्चुअल संवाद कार्यक्रममा प्रमुख वक्ता कवि भूपाल राईले साहित्य मार्फत आदिवासी आन्दोलनका कुरा अत्यधिक रूपले मुखरित भएपनि राजनैतिक मुद्दाको रूपमा एककृत गराउन नसकिएको बताए ।

उनकाअनुसार आदिवासी पुर्खाहरूले निर्माण गरेको ज्ञान र चेतनालाई राजनैतिक शक्ति निर्माणमा ऊर्जाका निम्ति प्रयोग गर्ने बेला आएको छ । त्यस्तै, अर्का वक्ता लेखक कुमारी लामाले जनजातिहरू राज्यबाट सदैव उपेक्षित हुँदै आएको उल्लेख गरिन् ।

उनले भनिन् “राज्यले नै एउटै भाषा र भेषलाई मात्र बढी संरक्षण गर्ने नश्लभेदी व्यवहार प्रस्तुत गरिरहेको छ । मलाई अङ्ग्रेजी भाषामा बोल्न लेख्न पढ्न आउँछ तर मेरो मातृभाषामा मलाई आउँदैन, यस्तो अवस्था आउनुमा राज्यको पनि हात छ ।”

अगस्ट ९ तारीख मनाईएको विश्व आदिवासी दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा देश विदेका विभिन्न व्यक्तिको सहभागिता रहेको आयोजक समितिका संयोजक पराजित पोमुले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर